एमाले अवरोध पछि प्रतिनिधिसभा बैठक कार्तिक २९ गतेसम्म स्थगित

काठमाडौं । एमालेका सांसदहरूले आज पनि प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेपछि बैठक स्थगित भएकाे छ। प्रतिनिधिसभाको बैठक २९ कार्तिकसम्मका लागि स्थगित गरिएको हाे ।

 

 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सुनाइएको थियो भने राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन ०७७/७८ पेस गरिएको छ ।

 

 

 

साथै प्रतिनिधिसभाको बैठकमा लगातार अनुपस्थित सांसदहरूबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृत गरिएको छ ।

 

 

 

बिरामी भएर स्वास्थ्य लाभ गरे र उपचार गराइरहेका सांसदहरूको अनुपस्थितिको सूचना स्वीकृत गरेको बैठकमा सभामुख सापकोटाले पूर्वप्रधानमन्त्री झलनाथ खनाल १३ पटक, कर्मा घले १३ पटक र प्रदीप गिरी पनि १३ पटक बैठकमा अनुपस्थित रहेको जानकारी दिए ।