खुकुरी प्रहार गरी गुरुङ गम्भीर घाइते, खुकुरी प्रहार गर्ने राई फरार

काठमाडौं। संखुवासभाको चिचिला गाउँपालिका-२ दिदिङमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा चिचिला गाउँपालिका -२ दिदिङका ५० वर्षीय दुर्गाबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

 

 

बिहीबार साँझ ७ बजेतिर सामान्य विवाद हुँदा सोही ठाउँका ३० वर्षीय दिनेश राईले खुकुरी प्रहार गर्दा गुरुङ गम्भीर घाइते भएका हुन् । खुकुरी प्रहारबाट गुरुङको टाउको,आँखा र शरीरको विभिन्न भागमा चोट लागेको सुवेदीले जानकारी दिए ।

 

 

 

गम्भीर घाइते गुरुङको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन सकेपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको छ ।

 

 

खुकुरी प्रहार गर्ने राई फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

 

 

घटनाको जानकारी पाए लगत्तै प्रहरी निरिक्षको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको छ । घटना कसरी भएको हो थप अनुसन्धान गरि रहेको प्रहरीले जनाएकाे छ।