नेपालमा थप ३७२ जनामा कोरोना संक्रमण पुष्टि,थप ११ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप ३७२ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९११ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

 

 

५ हजार ३१६ जनाको पिसिआर परीक्षण र २५९५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ९ हजार ५२६ जना सक्रिय संक्रमित छन्।

 

 

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३९९ पुगेको छ।

 

 

९११ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।

 

 

त्यस्तै काठमाडौं उपत्यकामा १६८ थपिएका छन्। जसमध्ये काठमाडौंमा १०३, ललितपुरमा ४५ र भक्तपुरमा २० संक्रमित छन्।