मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

काठमाडौं। प्रदेश १ मा मुख्यमन्त्री भिमप्रसाद आचार्यले आज विश्वाशको मत लिँदै छन्। आचार्यले गत कात्तिक ५ गते प्रदेशसभामा पेश गरेको विश्वासतको मत समबन्धि प्रस्तावमा आज छलफल गरी मत विभाजन हुँदैछ।

 

 

 

सभामुख प्रदिप भण्डारीले आज दिउँसोको लागि प्रदेशसभाको बैठक डाकेका छन्। आज मत विभाजन भएसँगै नेकपा एमालेले गण्डकी र बागमतिपछि प्रदेश १ मा सरकार गुमाउनेछ।

 

 

 

गठबन्धनले नयाँ मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईलाई अगाडि सारेका छन्। प्रदेश १ मा कुल ९२ सांसद छन्।

 

 

जसमा सत्ताधारी एमालेका ४१ जना छन्। विश्वशको मतका लागि आचार्यलाई ६ मत अपुग हुन्छ। विपक्षी गठबन्धनसँग ५० सांसद छन्।