क्यान्सर अस्पतालमा स्वास्थ्य मन्त्री खतिवडाको निरिक्षण,पेट स्क्यान र बोन म्यारो ट्रान्सप्लान्टको लागि माग

चितवन।नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चितवनको वी पी कोईराला मेमोरियल क्यान्सर अस्पतालको निरिक्षण गरेका छन्।
 
 
 
 
निरिक्षणमा वाग्मती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनाल सहित प्रदेश सभा सदस्य पार्वती सिलवाल समेत अस्पतालका अध्यक्ष डा. निर्मल लामिछाने , कार्यकारी निर्देशक डा. देज कुमार गौतम , उप निर्देशक डा. कृष्णसागर शर्मा , नर्सिङ ईन्चार्ज सबिता पन्थी लगायतको सहभागिता रहेको थियोे।
 
 
क्यान्सर अस्पतालको हलमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले अस्पताललाई आवश्यक उपकरण एवम् स्तरोन्नति सहयोगका लागि आफू सकारात्मक रहेको धारणा राखेका छन्।