काङ्ग्रेसको चौधौं महाधिवेशनमा समावेशी महिला कोटाबाट केन्द्रीय सदस्यमा विद्या तिमिल्सिनाले उम्मेदवारी दिने

काठमाडौं। नेपाली काङ्ग्रेस बाजुरा महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्य नेत्री विद्या तिमिल्सिनाले नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा समावेशी महिला कोटाको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताउनु भएको छ।।
 
 
 
 
नेपाली काङ्ग्रेसको केन्द्रीय महाधिवेशन यहि मङ्सिर २६ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ । पद्मकन्या क्याम्पस डिल्लीबजारबाट औपचारिक रूपमा राजनीति प्रवेश गरेकी महासमिति सदस्य नेत्री २०७४ को संसदीय चुनावमा समानुपातिक सदस्यको उम्मेदवार पनि हुन् ।
 
 
 
राजनीति सँगै सामाजिक क्षेत्रमा सक्रिय तिमिल्सिना नेपाली काङ्ग्रेसको विदेश विभाग समन्वय समितिको केन्द्रीय सदस्य समेत हुन् ।
 
 
 
हाम्रो अन्लाईनसँगको कुराकानीमा नेत्री तिमिल्सिनाले दुर्गम तथा पिछडिएको क्षेत्रबाट आजसम्म पार्टीको केन्द्रीय तहमा महिला सदस्यको उपस्थिति नभएकोले दुर्गम तथा पिछडिएको क्षेत्रको रूपमा महिला प्रतिनिधित्व गर्न आफ्नो उम्मेदवारी रहने बताउनु भएकाे छ।
 
 
 
 
 
केन्द्रीय सदस्यको लागि छिट्टै नै औपचारिक रूपमा घोषणा गर्ने नेत्री तिमिल्सिनाले हाम्रो अनलाइन डटकमलाई बताउनु भएकाे छ।