किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

काठमाडौं। सर्लाहीको बलरा नगरपालिका–४ मा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सोमबार बिहान दाउरा खोज्न गएकी किशोरीलाई ४ जना युवाले सामूहिक बलात्कार गरेको स्थानीयले बताएका छन् ।

तर, सर्लाहीका एसपीले दुई जनाले मात्र बलात्कार गरेको जिकिर गरेका छन् ।

 

 

 

सर्लाहीका एसपी कृष्ण प्रसाईले बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरिएको बताए । उनले भने– ‘किशोरीलाई मेडिकल गर्न पठाएका छौं, बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरेका छौं ।

 

 

 

बलात्कृत किशोरी बलरा नगरपालिका–५ घर भएकी मुस्लिम समुदायकी हुन् । एसपी प्रसाईले आरोपीको नाम सार्वजनिक गर्न अस्वीकार गरेका छन् ।

 

 

 

बलात्कारमा चारजना संलग्न भएपनि प्रहरीले दुईजनालाई मात्र पक्रेर अरु दुईजनालाई उम्काउन खोजेको स्थानीयको आरोप छ ।रातोपाटी बाट साबार ।