राष्ट्रघाती एमसीसी पारित गर्ने षड्यन्त्रविरुद्ध सशक्त विरोध प्रदर्शनमा सहभागी हुन देशभक्तहरुलाई २६ राजनितिक संगठनहरूको आह्वान

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी),देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपाल,नेकपा विप्लप,नेकपा मालेसहितका २६ राजनितिक संगठनले  राष्ट्रघाती एमसीसी पारित गर्ने षड्यन्त्रविरुद्ध मङ्सिर २४ गते हुने सशक्त विरोध प्रदर्शनमा देशभक्त नेपालीहरूलाइ सहभागी हुन जाेडरार आह्वान बैठकले गरेकाे २६ राजनितिक संगठनका नेता सीपी गजुरेलले जानकारी दिनुभयो। 

 

 

आज काठमाडौं भएको भर्चुअल बैठकमा २६ राजनितिक संगठनका नेताहरूले राष्टघाती एमसीसी पारित गर्ने षड्यन्त्रविरुद्ध देशभक्त नेपालीहरूलाइ आन्दोलनमा सहभागी भइदिन आग्रह गरेका छन्।

 

 

 

राष्ट्रघाती एमसीसी पारित गर्ने षड्यन्त्रविरुद्ध मङ्सिर २३ गते उपत्यकाका तीन जिल्लामा माइकिं गर्ने र देशभक्त  नेपालीहरूलाइ २४ गते हुने आन्दोलनमा सहभागी हुन आह्वान गर्ने बैठकले निर्णय गरेको २६ राजनितिक संगठनका नेता सीपी गजुरेलले जानकारी दिनुभयो।

 

 

 

यही मङ्सिर १६ गते देउवा नेतृत्वको गठबन्धन सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा मङ्सिर २८ गते संसद्को अधिवेशन बोलाइएकोले राष्टघाती एमसीसी पास गर्ने सम्भावना बढेकोले सबै देशभक्त नेपालीहरूले आन्दोलनमा सहभागीता जनाइ दिनुहुन सबैमा आह्वान गरिएको नेता गजुरेलले जानकारी दिनुभयो ।

 

 

 

अमेरिकाले एमसीसी तोकिएको समयसीमाभित्र पारित गर्नका लागि दिएको समयमा बोलाइएको अधिवेशन त्यसै प्रयोजनका लागि भएको नेता गजुरेलले जानकारी दिनु भयो । 

 

 

 

राष्टघाती एमसीसी सम्झौता पारित भयो भने नेपालले आफ्नो स्वाधीनता गुमाउनुपर्ने र हाम्रो देश विदेशी शक्तिहरुको क्रिडास्थल बन्ने भएकोले सबै देशभक्त नेपालीहरू २४ गतेको आन्दोलनमा सहभागी भइदिन हामीले आह्वान गरेका छौं उँहाले भन्नुभयो। 

 

 

 

 राष्टघाती एमसीसी सम्झौता संसदमा पेस हुन र पारित हुन नदिनका लागि देशभक्त नेपालीहरूले दबाव सिर्जना गर्न यही मङ्सिर २४ गते हुने विरोध प्रदर्शनमा सहभागी हुन आह्वान गरेको नेता गजुरेलले जानकारी दिनुभयो।

 

 

 सो भर्चुअल कार्यक्रममा क्रान्तिकारी मओवादीका बरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपालका अध्यक्ष सीपी गजुरेल, मालेका महासचिव सीपी मैनाली ,नेकपाका नेता गुणराज लोहानी ,नेता रामहरि पोखरेल,नेता शम्भु कडेल,नेता डम्वर श्रेष्ठ,अभियान्ता तथा नेता बालकृष्ण बस्नेतलगाएतका नेताहरूको उत्साह जनकसहभागीता रहेको थियो।