महामन्त्रीको मतगणना: सुरुवाती चरणमा गगनलाई सर्वाधिक भोट, विश्वप्रकाश दोस्रो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बिहीबारदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ।

 

 

निर्वाचन समितिका अनुसार ६०० मत गन्दा गगन थापाले ३८१ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्मा २३१ मत ल्याएका छन् भने प्रदिप पौडेलले २०६ मत प्राप्त गरेका छन् ।

 

 

 

यस्तै प्रकाशशरण महतले २०१ र मीनेन्द्र रिजालले १०१ मत पाएका छन् । यस्तै राजाराम कार्कीले ५ मत ल्याएका छन् ।