क्यासिनो -याडद्वारा कामदार तथा कर्मचारीहरूको तलवबाट काटिएको कल्याणकारी कोषको करोडौं रकम हिनामिना (हेर्नुस् प्रमाणसहित)

काठमाडौं। काठमाडौंको लाजिम्पाटस्थित होटल -यडिसन अन्तर्गत संचालित क्यासिनो -याडले कामदार तथा कर्मचारीले पाउनुपर्ने कल्याणकारी कोषको रकम समेत हिनामिना गरेको पाइएको छ।

 

 

 

कल्याणकारी कोषको रकम २०६३ सालमा तत्कालीन श्रम ऐन २०४८ को दफा ३७ बमोजिम कम्पनीमा काम गर्ने मजदुरहरूको भलाईका लागि भनि काेषकाे स्थापना गरिएकाे थियाे।  

 

 

 

त्यस्तै प्रत्येक महिना ४५० जना मजदुर हरूले पाउने तलबबाट २०६३ सालदेखि २०७० सालसम्म केही महिना ५० ,केही महिना २०० र ३०० का दरले,त्यसपछि पछिल्लाेसमय ५०० का दरले रकम काटिदै अाएकाे थियाे।  

 

 

 

 त्यस्तै २०६६ मंसिर सम्म रू ३०० रूपयाँ अर्थात( 30 December 2009) सम्म ३०० र त्यसपछि २०६६ मंसिर (अर्थात 1 jan 2010 ) देखि ४ बर्ष अर्थात २०७० सम्म लगातार रु ५००का दरले काटेको थियो यो ४५० जना कर्मचारी /मजदुरहरूको लगभग रु एक करोड ३० लाख हुन आउँने रकम हाे।

 

 

 

यसरी मजदुरहरूको कल्याणकारी कोषकाे रकम समेत क्यासिनो-याडले काम छोडेर जाने र काममा भएकालाइ पनि कोष बन्द हुँदा समेत उनिहरूकाे फिर्ता पाउनु पार्ने रकम आजसम्म कुनै पनि मजदुर तथा कर्कमचारीहरूले पाएका छैनन्।  

 

 

 

यस बिषयमा तत्कालीन मजदुर संगठनमा आवद्ध प्रतिनिधिलाई सम्पर्क गर्दा भने यो सबै हिसाबकिताब गरि मजदुरलाइ  रकम दिलाउन आफुपनि गम्भीर भएर लागि रहेकाे र अझै मजदुरकाे विषयमा गम्भिर भएर लागि रहने प्रतिबद्धता समेत जनाएका छन्। 

 

 

 

साथै केही मजदुर साथिहरु श्रम कार्यालयबाट मुद्दा समेत जितेर आउनु भएको छ ।श्रम कार्यालयको यो निणर्य स्वागत योग्य रहेको समेत उँहाले बताउनु भयाे।