काँग्रेसमा आदिवासी जनजातितर्फ नुवाकोटका बहादुर सिंह लामासहित १५ केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं। नेपाली कांग्रेसमा आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । आदिवासीतर्फ खुल्ला र महिला गरी १५ केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो ।

 

 

खुल्लातर्फ ८ र महिलातर्फ ७ पदका लागि भएको निर्वाचनमा १४ जना संस्थापन समूहका उम्मेदवारहरु विजयी भएका छन्।

 

 

त्यस्तै नेपाली काङ्ग्रेसकाे १४ औ महादिवेशनबाट केन्द्रीय सदस्यमा नुवाकाेटका प्रभावशाली युवा नेता बहादुर सिंह लामा अत्याधिक मतका साथ बिजयी हुनुभएको छ।

 

 

त्यस्तै निर्वाचित खुल्लातर्फ बहादुर सिंह लामा, चीनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, टेकबहादुर गुरुङ, दिलमान पाख्रिन, तारामान गुरुङ, आङ्गेलु शेर्पा र टेकप्रसाद गुरुङ विजयी भएका छन् ।

 

 

टेकप्रसाद गुरुङ संस्थापनइतर समूहका उम्मेदवार हुन् । बाँकी ७ विजयी उम्मेदवार सभापति शेरबहादुर देउवा समूहबाट निर्वाचित भएका हुन् ।

 

 

 

त्यस्तै महिलातर्फ सातै जना देउवा समूहका निर्वाचित भएका छन् । निर्वाचित हुनेमा सीता गुरुङ, अञ्जनी श्रेष्ठ, सरस्वती वजिमय, गंगालक्ष्मी अवाल, माया राई, सीता कुमारी राना र सुशीला थिङ रहेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

 

 

उनीहरुको मतसहितको विवरण भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन।