माओवादीको जारी महाधिवेशनमा पेश गरिएको ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ नामक दस्तावेजमा,यस्ता छन् प्रचण्डका १० अलमल

काठमाडौं ।माओवादी केन्द्रको आठौं महाधिवेशनमा अहिले अध्यक्ष प्रचण्डद्वारा पेश गरिएको ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ नामक दस्तावेजमाथि छलफल चलिरहेको छ ।४५ पृष्ठ लामो दस्तावेजप्रति विभिन्न खाले टिका टिप्पणीहरू भइरहेका छन् ।

 

 

नेपाली काँग्रेस र नेकपा एमालेले वैचारिक बहसबाट टाढै बसेर आफ्ना महाधिवेशन सकिसकेका छन् । वैचारिक बहसको अभ्यासका दृष्टिले माओवादीले आफूलाई माथि उभ्याउन सफल भएको छ ।

 

 

यद्यपि, नयाँ विचार र भविष्यको स्पष्ट मार्गचित्र भनिए पनि दस्तावेजको अन्तरवस्तु नियाल्दा उत्साहजनक देखिँदैन ।

 

 

 

दस्तावेजमा भनिएको छ, आज राष्ट्रिय राजनीतिदेखि कम्युनिस्ट आन्दोलन र हाम्रो पार्टीमा समेत देखापरेका समस्याहरूको प्रमुख र चुरो कारण विचारको विकास र स्पष्टताको अभाव हो भन्ने तथ्यलाई आत्मसाथ गरिनुपर्दछ ।

 

तर, वैचारिक स्पष्टतालाई जोड दिएर ल्याएको भनिएको दस्तावेज अस्पष्ट र अमूर्त देखिन्छ । दस्तावेजले राजनीति, अर्थतन्त्र र दर्शनमा कुनै क्रमभंग गर्न सकेको छैन ।

 

 

 

दस्तावेज समाजको पुरानै वर्गविश्लेषणमा अल्मलिएको छ भने अर्थतन्त्रको संरचनागत परिवर्तनको आवश्यकतालाई सम्बोधन गर्न सकेको छैन ।

यस्ता छन् प्रचण्डका १० अलमल-

१- भूमण्डलीकरणको त्रुटिपूर्ण व्याख्या

 

२- अग्रगमनको आशभन्दा प्रतिगमनको त्रास बेसी

 

 

३- प्रविधि पछ्याउँदा विज्ञान छुट्यो

 

 

४- जलवायु परिवर्तनको मुद्दा

 

 

५- नयाँ गफ, पुरानै मार्गदर्शक सिद्धान्त

 

 

६- शास्त्रीय साम्यवादमा अल्झँदा छुटेको लोकतन्त्र

 

 

७- गफ नयाँ, सय वर्ष पुरानो चश्मा

 

 

८- साम्राज्यवाद र उत्पीडित राष्ट्रियताहरुको अन्तरविरोध अर्थात् नक्कली विश्वास

 

 

९-समाजवादको अस्पष्ट चित्र

 

 

१०- गल्ती स्वीकार तर, माफी वा सजायँबारे मौन