नेपालमा थप २४१ जनामा कोरोना संक्रमण पुष्टि,२२८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ६ हजार ८१४ जनाको पीसीआर परीक्षण गर्दा २३५ जना र २ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

 

 

यस्तै पछिल्लो २४ घण्टामा मृत्‍यु शून्‍य भएको छ भने २२८ जना संक्रमणमुक्त भएका छन् ।बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २४ हजार ३९८ पुगेको छ ।

 

 

 

यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५९० पुगेको छ भने ८ लाख ११ हजार ७४६ जना संक्रमणमुक्त भएका छन् ।

 

 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ जना रहेका छन् । जसमध्ये ४ हजार ६३४ जना होम आइसोलेसनमा रहेका छन् भने २३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

 

 

कोरोनाका बिरामीमध्ये ८३ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

 

 

 

यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २१ जना कोरोना संक्रमित थपिएका छन् ।