प्रचण्डको प्रस्तावमा लेखनाथ न्यौपानेद्वारा ८ बुँदे फरक मत

काठमाडौं । नेकपा माओवादी केन्द्रमा नेता लेखनाथ न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीतिक प्रस्तावा फरक मत राखेका छ्न् ।

 

 

प्रचण्डको प्रस्तावमाथि समूहमा भएको छलफलका क्रममा उनले ८ बुँदे फरक मत राखेका हुन् ।

 

 

 

बन्दसत्रमा समूहगत छलफलका क्रममा उनले प्रचण्डको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको भन्दै ८ बुँदे फरक मत राखेका हुन् ।

 

 

उपत्यका विशेष प्रदेश समितिको समूहगत छलफलमा उनले फरक मत राखेको र सो सम्बन्धी जानकारी टोली नेता जगत सिम्खडाले बन्दसत्रमा रिपोर्टिङ गराएका हुन।

 

 

दस्तावेजमा आधारभूत विषयहरु अपुग रहेको र महाधिवेशनको दस्तावेजले स्वरुप ग्रहण गर्न नसकेको भन्दै उनले फरक मत राखेको बताइएको छ।