ईक्यान चितवनको छैठौं अधिवेशनबाट अध्यक्षमा समुन्द्र अर्याल निर्वाचित

चितवन। नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) चितवनको अध्यक्षमा समुन्द्र अर्याल विजयी भएका छन्।

 

 

बिहीबार सम्पन्न दशौं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले अध्यक्ष समुन्द्र अर्याल,उपाध्यक्ष दिपकचन्द्र भट्टराई , सचिव किशोर सुवेदी , कोषाध्यक्ष प्रज्जवल पौडेल , सदस्यहरुमा केशवराज सेढाई , कृष्णप्रसाद सापकोटा , ठाकुर रेग्मी र लक्ष्मण कडेलसहितका निर्वाचित भएका छन्।  

 

करिब डेढ दशकदेखि शैक्षिक परामर्शको क्षेत्रमा अनुभव हासिल गरेका नवयुवा जुझारु एवम् प्रष्ट वक्ता नवनिर्वाचित अध्यक्ष समुन्द्र अर्यालले आगामी दिनमा वैदेशिक अध्यायनमा जाने विद्यार्थीहरुको हकहितका लागि यो कार्यसमिति सशक्तरुपमा लागि पर्ने प्रतिबद्धता जाहेर गर्नुहुदै   सबै शैक्षिक परामर्शदाता साथीहरूको मनोभावनाको समेत सम्मान गरिने बताएका छन्।

 

 

सौराहाको होटल क्राउन प्लाजामा सम्पन्न अधिवेशनको अध्यक्षता निवर्तमान अध्यक्ष हिम्मत पुरीले गरेका गरेका थिए।