कैलालीमा भिरबाट लडेर एकजनाको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं। कैलालीमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको मोहन्याल गाउँपालिका–२ बेलघारीका ५२ वर्षीय बलासिंह घर्ती मगरको भिरबाट लडेर मृत्यु भएको हो।

 

 

 

बुधबार घरदेखि नजिकै रहेको जंगलमा बाख्रा चराउन गएका उनी भिरबाट लडेका थिए। भिरबाट लडेका उनको शव २ सय मिटर तल फेला परेको वडा नम्बर २ का अध्यक्ष देवीदत्त उपाध्यायले बताए।