प्रधानमन्त्री देउवाले बोलाए भोली (शनिबार) सर्वदलीय बैठक

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले भोली (शनिबार)  सर्वदलीय बैठक बोलाएका छन् । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।

 

 

 

सर्वदलीय बैकठ प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ९ :३० बजे बोलाइएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनले बोलाएको सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ ।