पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव निकट अखिल क्रान्तिकारीद्वारा प्रदर्शन

काठमाडौँ। नेकपा विप्लव नकिट अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेका छन्। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका विद्यार्थीले सोमबार काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् ।

 

 

उनीहरुले नाराबाजीसहित मुल सडकमा टायर समेत बालेका थिए । प्रहरीले प्रदर्शनकारी विद्यार्थीलाई तितरवितर पारेर टायर निभाएको हो ।

 

 

विप्लव नेकपाको अखिल क्रान्तिकारिका विद्यार्थीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध लगातार प्रदर्शन गर्दै आएको छ ।

 

 

नेपाल आयल निगमले गत बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ, डिजेल तथा मट्टितेलमा पनि तीन रुपैयाँ मूल्य बढाएको थियो। यसले अन्य दैनिक उपभोग्य वस्तुहरुको मूल्यवृद्धि भएको भन्दै त्यसको विरोधमा विद्यार्थीले प्रदर्शन गरेका हुन् ।