नेपालमा थप ८,४५४ जनामा कोरोना संक्रमण पुष्टि,थप ५ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।गत २४ घण्टाको अवधिमा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

 

 

 

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६७२ पुगेको छ।यस्तै बुधबार ४ हजार ४ सय ३३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

 

 

हाल देशभर ९० हजार ६७ जना सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा १३ हजार ५४९ पीसीआर तथा ६ हजार ८ सय १० एन्टिजेन परीक्षण भएको छ।