लुम्बिनी प्रदेशमा गठबन्धनका तीन जना उम्मेद्वार विजयी

काठमाडौं। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा भएको मतदानमा सत्तारुढ गठबन्धन पक्षीय उम्मेद्वार विजयी भएका छन्।

 

 

 

बुधबार भएको मतदानबाट एकीकृत समावादीकी राजेन्द्रलक्ष्मी गैरे, जनमोर्चाका कुलप्रसाद विश्वकर्मा र कांग्रेसका युवराज शर्मा विजयी भएका छन्।

 

 

 

औपचारिक रुपमा घोषणा हुन बाँकी रहेको मतगणनाको परिणाम अनुसार गठबन्धनका उम्मेदवारले ४३७४ मतभार पाएका छन्। एमालेका उम्मेदवारले ३३१२ मतभार पाएका छन्।

 

 

 

 

मतदानमा ८१ प्रदेश सभा सदस्य र २१३ स्थानीय तहका पदाधिकारी सहभागी थिए। एमालेले भारती उपाध्याय खनाल, कृष्ण सुनार, रामदयाल गुप्तालाई चुनावी मैदानमा उतारेको थियो।