दुर्गेश थापाको ‘पैसा‘’ गीत फेरि विवादमा

काठमाडौं । गायक दुर्गेश थापा यतिबेला फेरि विवादमा छन् । दुई दिनअघि आफ्नो र छोराको जन्म उत्सवको अवसरमा उनले नयाँ गीत ‘पैसा‘’ को भिडियो रिलिज गरेका थिए ।

 

 

 

उनको यो -याप गीतमा प्रयोग गरिएको अश्लील शब्द र पैसाको दुरूपयोग गरिएको भन्दै यतिबेला विभिन्न टीकाटिप्पणी र विरोध भएको छ ।

 

 

 

 

वैज्ञानिक समाजवादी महिला संगठनले एक विज्ञप्ति जारी गर्दै यो गीत अश्लील र महिलालाई मानहानि हुने शैलीको रहेको भनेको छ ।

 

गीत र भिडियो दुवैलाई तत्कालै रोक्न सो संगठनले प्रशासनसँग माग गरेको छ । तर, गायक दुर्गेशले भने सो संगठनको मागलाई सामान्य रूपमा लिएका छन् ।

 

 

 

तन्नेरी पुस्तामा अहिलेको व्यवस्था, सरकार प्रतिको ‘फस्टे«सन’को आक्रोस हो भन्ने उनको कथन छ । यो गीत निकाल्नुलाई गायक दुर्गेशले वाक्स्वतन्त्रताको रूपमा लिएका छन् । अहिलेको -याप गीतको प्रचलन विश्वव्यापी रूपमै यस्तो रहेको यी गायकको दाबी छ ।

 

 

 

गायक दुर्गेशले यसपटक मात्र अश्लील र समाज विरोधी गीत गाएका हैनन् । तीन वर्षअघि तिहार संस्कृतिलाई नै असर पर्नेगरी ‘ह्याप्पी तिहार चिसो वियर‘’ गीत गाउँदा उनी प्रहरी कारबाहीमा समेत परेका थिए ।

 

 

 

पछिल्लो समय उनका अधिकांश गीत विद्रोही भावका आएका छन् । यसलाई उनी अहिलेको युवा पुस्ताको सामूहिक आवाजको रूपमा दाबी गर्छन् ।

 

 

 

गायक दुर्गेश मात्र हैन, अहिले केही -यापरमा छाडा गीत गाउनेक्रम मौलाएको छ । छाडा र अश्लील गीत गाएर पटकपटक प्रहरी कारबाहीमा परेका अर्का गायक भीटेनले आफ्नो शैलीलाई अझै सुधारेका छैनन् ।

 

 

 

छाडा शब्द प्रयोग गरेर गीत गाएकै कारण प्रहरीले पक्राउ गरेर केही समय उनलाई थुनामा पनि राखेको थियो । परिवारको रोहवरमा हिरासत मुक्त भएका भिटेनले त्यसपछि फेरि प्रहरीलाई नै व्यंग्य गरेर गीत बनाए ।

 

 

 

उनको यस्तो शैली देखेर प्रहरीसमेत वाक्क भइसकेको छ । उनले आफ्नो यो पारा नछाडेपछि राज्यले समेतको गायनमा अश्लिल गतिविधिलाई बेवास्ता गर्न थालेको छ ।

 

 

 

दुर्गेश र भिटेन मात्र हैन, पछिल्लो समय गायनमा आएका अधिकांश -यापरले अश्लील शब्दलाई गीतमा प्रस्तुत गर्नुलाई फेसनकै रूपमा लिएका छन् ।