नेपालमा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि,थप ६ जनाको मृत्‍यु

काठमाडौं । नेपालमा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ६ जनाको मृत्‍यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७८९ नमुना परीक्षण गरिएको थियो ।

 

 

त्यस्तै  ७ हजार २८ जनानाको पीसीआर परीक्षण गर्दा ३६४ र दुई हजार ७६१ जनाको एन्टीजेन परीक्षण गर्दा २०६ गरी ५७० जनामा संक्रमण पुष्टि भएको छ ।

 

 

 

पछिल्लो २४ घण्टामा एक हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १६ हजार ६१६ संक्रिय संक्रमित छन् । जसमध्‍ये १७ हजार ५८० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ६७१ जना संस्थागत आइसोलेसनमा छन् ।

 

 

उनीहरुमध्ये १५६ जनाको आईसीयू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

 

 

 

 

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १२ हजार ५३७ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९०५ पुगेको छ भने ९ लाख ४४ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् ।

 

 

 

यस्तै १० वर्ष मुनिका १८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३३ जना कोरोना संक्रमित थपिएका छन् ।