नेपालमा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि,थप २ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०३ जनाको पिसिआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५६ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

 

 

सोही अवधिमा ९११ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार थप दुई जनाको मृत्यु भएको छ ।

 

 

आज थपिएका सँगै हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् ।