दाङ्गको धारापानी पाण्डेश्वरी शिवालय मन्दिरमा नवनिर्मित प्रवेशद्वार उद्घाटन

काठमाडौं। दाङ्गको धारापानीमा पाण्डेश्वरी शिवालय मन्दिर परिसरमा नवनिर्मित प्रवेशद्वरको उद्घाटन गरिएको छ।

 

 

आफ्नो बुबाको स्मृतिमा छोरा खेमराज शर्मा (उपेन्द्र) र बुहारी रञ्जना शर्माद्वरा प्रवेशद्वरको निर्माण गरिएको हो।

 

 


आफ्ना बुबाका सपनाको रुपमा रहेका अधुरा सामाजिक कार्यलाई मुर्तरुप दिनको लागि हिन्दु धर्मको संरक्षण र प्रवद्वन गर्न आफु लागेकाे उहाँले बताउनुभयाे।

 

 

 

यस्ता धार्मिक शिवालय र मठमन्दिरलाई व्यवस्थित गर्न आफू सधै लागि पर्ने प्रवेशद्वावार निर्माता खेमराज शर्मा (उपेन्द्र)ले बतनउनुभयो।

 

 

प्रवेशद्वारको उद्घाटन संगत संस्कृति संयोजक पुष्प राज पुरूषले गर्नुभएको थियाे।

 

 प्रवेशद्वारको उद्धघाटन गर्ने क्रममा उहाँले भन्नु भयाे,चारैतिरबाट हिन्दुधर्म माथि प्रहार भईरहेको छ। हिन्दुधर्मको संरक्षण गर्नको लागि सबै हिन्दु धर्म प्रति आस्था र विश्वास गर्ने सबै एकजुट भई धर्म बचाउन लाग्न आग्रह गर्नुभयो।

 

 कार्यक्रमलाइ सम्बोधन गर्दे पुष्प राज पुरूषले हाम्रो मौलिक संस्कृति ,रहनसहन ,खानपान र भेषभूषालाई मात्र संरक्षण र विकास गर्न सक्यौं भने हामी हरेक कुराबाट सम्पन्न बन्न सक्छौ भन्नुभयो ।

 

 

विकासको नाममा विदेशी देखासिकीले हामी दिनप्रतिदिन खस्कदै गएर कुनै दिन हामी हाम्रो पहिचानबाट बन्चित बन्न सक्छौ त्यसैले अहिले देखि हाम्रो हिन्दु धर्म संरक्षण गर्न  लाग्नु पर्नेमा उहाँले जाेड दिनुभयो।