नेपालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि,थप १ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ हजार ६०७ पीसीआर परीक्षणमा ६२ र दुई हजार ३७४ एन्टिजेन परीक्षणमा १५ जना गरी ७७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

 

 

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ ।

 

 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८९ रहेको छ ।

 

 

 

हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २ सय १२ रहेको छ ।