मोरङमा १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौं । १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

 

 

 

बालिकाको बलात्कारपछि हत्यामा गरको अभियोगमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका– ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई आइतबार पक्राउ गरी सार्वजनिक गरेको हो ।

 

 

 

मोरङको बेलबारी–८ की बालिकालाई ललाई फकाई घरमा कोही नभएको मौका छोपेर झाडीमा लगि बलात्करपछि हत्या गरेको प्रहरीले जनाएको छ । अहिले उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।