उदयपुरमा ९ वर्षीया बालिका बलात्कार गर्ने एक जना पक्राउ

           सांकेतिक तस्वीर

उदयपुर। ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-५ घुम्ने लालिगुँरास टोल बस्ने ४५ वर्षीय गणेश खत्रीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

 

 

खत्रीले ती बालिकालाई प्रलोभनमा पारी कुखुराको फर्ममा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

 

 

भक्तपुर, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका(६ पुरानोठिमी बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका(२ घर भएका २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

 

 

ठकुरीले ती किशोरीलाई आइतबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।