भरुवा बन्दुक सहित २ जना पक्राउ

काठमाडौं। बराहक्षेत्र नगरपालिका-५ सिमरवनस्थित जनजागृति सामुदायिक वनको पोखरी नजिकबाट ३ थान भरुवा बन्दुक सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

 

 

पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-५ सिमरवन बस्ने ३६ वर्षीय पवनलाल माझी र सोही नगरपालिका-३ देविथान बस्ने २७ वर्षीय मोहन श्रेष्ठ रहेका छन् ।

 

 

 

जनजागृति सामुदायिक वनको पोखरी नजिकै भरुवा बन्दुक लोड गरी घाममा सुकाई बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।