अवैध लागूऔषध सहित २ जना पक्राउ

सुर्खेत। वीरेन्द्रनगर नगरपालिका-५ स्थित रामजानकी सामुदायिक वनको घिमिरे डाँडा भन्ने स्थानबाट करिब १ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने १९ वर्षीय कुशल गिरी समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

 

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

 

 

 

सिरहा, लहान नगरपालिका-२४ बस्ने ३४ वर्षीय प्रकाश दासलाई करिब २ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजा र नियन्त्रित लागूऔषध डाईलेक्स डिसि १ सय एमएलको १ सय २० बोतल सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

 

 

प्रहरी चौकी लहान र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त टोलीले दासको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।