माओवादी नेता विष्ट एमाले प्रवेश

काठमाडौं। नेकपा माओवादी केन्द्रका तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ (क)बाट कर्णाली प्रदेशसभाका लागि निर्वाचित सदस्य ठम्मर विष्ट नेकपा एमाले प्रवेश गरेका छन्।

 

 

 

प्रदेशसभा दलका प्रमुख सचेकतसमेत रहेका विष्टलले २७ फागुनमा प्रमुख सचेतक र पार्टीबाटै राजीनामा दिएका थिए।

 

 

 

 

पार्टी प्रवेश गरेका विष्टसहित नेता कार्यकर्तालाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोरखरेलले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका छन्।

 

 

 

 

राजीनामा दिएका विष्टलाई माओवादीले राजीनामा फिर्ता गरेर आफ्नो जिम्मेवारीमा फर्कन निर्देशन दिएको थियो। तर, राजीनामा फिर्ता नलिएपछि पार्टीले उनलाई निलम्बन गरेको थियो।

 

 

 

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी प्रशिक्षण दिन वीरेन्द्रनगर पुगेकै दिन उनले राजीनामा दिएका थिए।