क्रिप्टोकरेन्सीमा लगानी गरेको आशंकामा नायिका कार्कीमाथी अनुसन्धान

काठमाडौं । नायिका प्रियंका कार्की सिआइबीको अनुसन्धानमा तानिएकी छन् । क्रिप्टोकरेन्सीमा लगानी गरेको आशयको एउटा विज्ञापन भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) उनीमाथि अनुसन्धान सुरु गरेको हो । सीआइबीको बोलाएपछि प्रियंकाले आज बयान दिएकी छिन् ।

 

 

 

राष्ट्र बैंकले बारम्बार प्रतिबन्धित भनिरहेको क्रिप्टोकरेन्सीमा लगानीका लागि प्रोत्साहित गर्ने तरिकाले विज्ञापनमा देखिएकाले उनलाई बोलाइएको प्रहरीको भनाई छ।

 

 

सिआइबीले ‘बिनान्स’ भन्ने किप्टोकरेन्सीको सामाजिक सञ्जालका पेजहरूमा राखिएको पोस्टमा प्रियंकाको पनि लगानी रहेको आशंका गरेको छ।

 

 

प्रियंकाले भने आफु कारोबारमा संलग्न नरहेको कसैले तस्विर दुरुपयोग गरेको बताएकी छिन् ।