दाँतका नक्कली डाक्टर पक्राउ

काठमाडौं। महोत्तरीको बर्दिबासस्थित नक्कली दाँतका डाक्टरलाई पक्राउ गरिएको छ। साझा कान्तिपुर डेन्टल प्रा.लि. बर्दिबासका सञ्चालक दिलिप भन्ने सञ्जय कुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ।

 

 

 

उनलाई इलाज सम्बन्धी कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर बालिष्ट सिंहले बताए।

 

 

 

दुई वर्षअघि उनले धनुषा मिथिला नगरपालिका वडा नं। ९ की १९ वर्षीय रानी सिंह महतोको दाँत उखेलेका थिए। डाक्टर हुँ भन्दै उनको दाँत उखेल्दा अत्यधिक रक्तश्राव भएर उनको मृत्यु भएको थियो।

 

 

 

‘उनले दाँत दुखेपछी साझा कान्तिपुर डेन्टल प्रलिमा आएर आएकी थिइन्। प्रतिदावी दिलिपले आफू चिकित्सकको प्रमाण पत्र नै नभएको व्यक्ति आफू डाक्टर हुँ भनि उनको दाँत उखेलेका थिए। अत्यधिक रक्तश्राम भएर उनको मृत्यु भएको थियो,ु सिंहले भने।

 

 

 

 

घटनापछि फरार रहेका नक्कली डाक्टर दिलिपलाई प्रहरीले महोत्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जि जारी पश्चात पक्राउ गरिएको हो । उनलाई बर्दिबास बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएका छन् ।