सशस्त्र प्रहरीले खोस्यो भारतीय स्काभेटरको चाबी

            सांकेतिक तस्वीर-

दार्चुला। दार्चुलाको महाकाली नदीमा तटबन्ध निर्माणमा प्रयोग गरिएको भारतीय स्काभेटरको चाबी सशस्त्र प्रहरीले खोसेको छ। अनुमति बिना नेपालतर्फ आएपछि चाबी खोसेको बताइएको छ।

 

 

 

नेपालसँग समन्वय नगरी दार्चुलातर्फ भारतीय स्काभेटर आएपछि सशस्त्र प्रहरीले चाबी खोसेको हो। प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले समन्वय बिना नेपाल ल्याएकाले चाबी थुतेको बताए।

 

 

 

‘हामीसँग समन्वय नगरेर दार्चुलातर्फ भारतीय स्काभेटर आएको थियो। त्यसैले हामीले चाबी थुतेका हौं, उनले भने। उनले नेपालतर्फको बाटो प्रयोग गर्न लिखितरुपमा जानकारी लिनुपर्ने बताए।

 

 

 

 

भारतले महाकाली नदीको बहाब नेपालतर्फ फर्काउने गरी तटबन्ध निर्माण गरेपछि लामो समयदेखि विवाद हुँदै आएको छ।

 

 

भारतीय पक्षले हामीसँग समन्वय नगरेर महाकालीमा जथाभाबीरुपमा तटबन्ध निर्माण गरिरहेको छ।

 

 

 

चाबी सशस्त्र प्रहरीले थुते पनि भारतीय स्काभेटर चालकले अर्को चाबी प्रयोग गरेर फिर्ता लगेका छन्,’ उनले थपे।

 

 

 

 

एक साताअघि भारतीय पक्ष र नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारीबीच महाकालीमा तटबन्ध कसरी निर्माण गर्ने सम्बन्धमा कुरा भए पनि कार्यान्वयन हुन सकेको छैन।