सबै प्रदेशमा एमाले कमजोर हुँदै गएको छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै प्रदेशमा एमाले कमजोर हुँदै गएको दाबी गरेका छन् ।

 

 

आइतबार काठमाडौंमा आयोजित मुस्लिम इत्तेहाद संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो नम्बरमा रहेको र एमाले भुईमा पछारिएको समेत बताए ।

 

 

 

उनले सुदूरपश्चित सहित मधेस प्रदेश र कर्णाली प्रदेशमा एमालेभन्दा अगाडि रहेको धारणा राखे । उनले एकीकृत समाजवादी सुशासनको पक्षमा रहेको र आगामी निर्वाचनमा जनताले विश्वास गर्ने बताए ।

 

 

 

आन्दोलनका रक्षा गर्न, पार्टीको क्रान्तिकारी धारलाई तीखो बनाउनका लागि जनताले हौसला प्रदान गरेको उनको भनाइ छ । उनले पार्टीको नीति र बिचारका साथ क्रियाशील हुन आग्रह गरे ।