देशभर थप २६ जनामा कोरोना पुष्टि, ७७ जना संक्रमणमुक्त

काठमाडौं ।देशभर पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १९२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

 

 

मन्त्रालयका अनुसार ३ हजार ९४० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २५ जना र १ हजार २५२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ संक्रमण पुष्टि नभएको हो ।

 

 

 

 

 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५३४ पुगेको छ । सोही अवधिमा ७१ हजार ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा १ हजार १४६ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

 

 

 

पछिल्लो २४ घण्टामा मुलुकभर ७७ जना संक्रमितहरु निको भएका छन्, भने सो अवधिमा कुनै पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।