व्यवसायीले ढुवानी रोकेपछि पेट्रोलियम पदार्थको अभाव

काठमाडौं । पेट्रोलियम व्यवसायीले शुक्रबारदेखि ढुवानी रोकेपछि पेट्रोलियम पदार्थको अभाव देखिएको छ ।

 

 

 

शनिबार कतिपय पेट्रोल पम्प बन्द रहेका छन् भने खुलेका पम्पमा लामो लाइन लागेको छ।

 

 

 

 

शनिबार पेट्रोलियम पदार्थ बाँकी भएका केही निजी र नेपाली सेना, प्रहरी, सशस्त्र र साझाले पेट्रोलियम पदार्थ बिक्री गरेको थियो।

 

 

 

 

आयल निगमले मूल्य बढाएपनि आफूहरुले पाउने कमिशन नबढाइएको भन्दै पेट्रोलियम व्यवसायी आन्दोलनमा उत्रिएका हुन्।

 

 

 

उनीहरुले पेट्रोलियम ढुवानीको भाडा पनि बढाउन माग गरेका छन् । आयल निगमले व्यवसायीका माग सम्बोधनका लागि तयार रहेको भन्दै समय मागेको छ ।

 

 

 

तर व्यवसायीले भने तत्कालमाग सम्बोधन नगर्ने भए आइतबारदेखि सबै पम्पहरु बन्द गर्ने चेतावनी दिएका छन् ।

 

 

 

यसैबीच कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।

 

 

 

 

शनिबार सरोकारवाला निकायसंग सम्पर्क गर्दै उनले रेर तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।