मौसममा तीनवटा वायु प्रणालीको प्रभाव,कुन कुन ठाउँ वर्षा हुँदैछ ?

काठमाडौँ । हाल नेपालको मौसमी प्रणालीमा तीनवटा वायु् प्रणालीको प्रभाव देखिएको छ ।

 

 

स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू–भागसम्म बनेको न्यून चापीय वायु प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभावका कारण शुक्रबारदेखि नै मुलुकभर मौसम बदली भएको छ । जसका कारण विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

 

 

 

आज पनि देशभर मौसम बदली रहने र विभिन्न भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

 

 

महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

 

 

 

 

महाशाखाले दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ । अहिले काठमाडौँ उपत्यकामा हल्का वर्षा भइरहेको छ ।

 

 

 

 

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा तथा कर्णाली र मधेशका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको रहेको छ ।