बालेन शाहले पाए चुनाव चिन्ह ‘लौरो’

काठमाडौं । काठमाडौंको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिनु भएका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाउनु भएको छ।

 

 

 

शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले शाहलाई ‘लौरो’ चुनाव चिन्ह दिएको हो।

 

 

 

चिन्ह लिन उहाँ समर्थकहरूका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्नु भएको हो।