काँग्रेसका विद्रोही नेता जगन्नाथ पौडेलले पाए चुनाव चिन्ह ‘भुइँकटहर’

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले भुइँकटहर चुनाव चिन्ह प्राप्त गर्नु भएको छ ।

 

 

 

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले पौडेललगायतका स्वतन्त्र उमेदवारहरुलाई शनिबार चुनाव चिन्ह प्रदान गरेको हो ।

 

 

यसैगरी, दलका उमेदवारहरुले भने दलकै चुनाव चिन्ह पाएका छन् ।

 

 

 

भरतपुरको मेयरका लागि ३० जनाले उमेदवारी दिएकामा शुक्रबार तीन जनाले उमेदवारी फिर्ता लिएका थिए ।