स्वामीकार्तिक खापर गाउँपालिकाको पहिलो बैठकले गर्यो कृषकलाइ पेन्सनदेखि बहुप्राबिधीक शिक्षालय खोल्नेसम्मका ६ महत्वपूर्ण निर्णय

काठमाडौं।बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको कार्यपालिकाको पहिलो बैठकले महत्वपूर्ण  ६ निर्णयहरू गरेकाे छ।

 

कार्यपालिकाकाे बैठकले गाउँपालिकामा बहुप्राविधिक शिक्षालय खोल्ने निणर्य गरेको छ। बहुप्राविधिक शिक्षालयले बाजुरा लगाएत हुम्ला, मुगु र कालिकोट जिल्लालाई सहज हुने गाँउपालिकाकाले अपेक्षा समेत राखेको छ ।

 

 

जिल्ला भन्दा बाहिरका तिन वटा जिल्लालाई बेश बनाएर प्राबिधिक शिक्षालय खोल्ने निणर्य गरेको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी दिएका छन्। 

 

 

 

अध्यक्ष रोकायाका अनुसार गाउँपालिकामा फोर जि सहतिको नेपाल टेलिकमको टावर निर्माण गर्ने कृषि उत्पादन बढाउन कृषक पेन्सन योजना लागू गन निणर्य गरेको जानकारी दिए।  

 

 

 

गाउँघपालिका भित्रका बिरामी र सुत्केरी महिलालाई एम्वुलेन्स सेवा नि:शुल्क बनाउने कार्यपालिकाले निणर्य गरेकाे अध्यक्ष रोकायाले जानकारी दिए ।

 

 

 

गाउँपालिका भित्रकाका वडाहरु समेत बिभाजन गर्न पहल गर्न निर्णय गरिएको अध्यक्ष रोकायाले जानकारी दिए। 

 

 

स्वामीकार्तिक खापर गाउँ पालिकाकाे पहिलाे कार्यपालिका बैठकले गरेका निर्णयहरू ।
 
 
१. सम्पुर्ण मतदाता, सुरक्षा कर्मि, राष्ट्र सेेबक कर्मचारी, म्यादी प्रहरी लगायत निर्वाचनमा खटिने सबैलाई धन्यवाद दिने निर्णय गरियाे ।
 
२. 4G सहितकाे NTC काे टावर निर्माण गर्ने ।
 
३. बाजुरा, हुम्ला, मुगु र कालिकाेट जिल्लालाई बेस बनाई एक बहुप्राविधिक शिक्षालय खाेल्न पहल गर्ने ।
 
४. कृषि उत्पादन बढाउन कृषक पेन्सन याेजना लागू गर्ने ।
 
५. अपरझट बिरामी र सुत्केरी महिलालाई एम्वुलेन्स सेवा नि:शूल्क उपलब्ध गराउने। 
 
६. वडा बिभाजन गर्न पहल गर्ने ।