चिकित्सा शिक्षामा बढाइएको शुल्क तत्काल खारेज गर्न अखिल(क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलको चेतावनी

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) नकिट अखिल (क्रान्तिकारी)ले चिकित्सा शिक्षामा बढाइएको शुल्क तत्काल खारेज गर्न अध्यक्ष हरिकृष्ण गजुरेलले चेतावनी दिएका छन्।

 

 

त्यस्तै अखिल (क्रान्तिकारी)ले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेका सबै प्रकारका विकृति एवम् विसङ्गतिविरुद्ध निरन्तर सङ्घर्षरत मै रहेको जनाएकाे छ। 

 

 

शिक्षा र स्वास्थ्यलाई आम जनताको पहुँचमा पु¥याउनका निम्ति यिनलाई पूर्णरुपमा राष्ट्रियकरण, निःशुल्क एवम् सर्वसुलभ गराउन अग्रमोर्चामा रहेर सङ्घर्षको नेतृत्व गरिरहेको छ ।

 

 

विडम्बना सरकार जनताका आधारभूत आवश्यकता पूरा गर्ने तथा शिक्षा र स्वास्थ्यलाई आम जनताको पहुँचमा पु¥याउने सवालमा गम्भीर बन्नुको सट्टा उल्टै राष्ट्रघात र जनघातका शृङ्खलाहरु एकपछि अर्को गर्दै थप्दै जाने, महँगी, भ्रष्टाचार बढाएर जनताको जीवन तहसनहस पार्ने काम गरिरहेको छ भने शिक्षा र स्वास्थ्य क्षेत्रमा माफियाहरुको हालिमुहाली छ । सरकार तिनै दलाल, तस्कर, भ्रष्ट र माफियाहरुलाई संरक्षण गर्नमै तल्लीन छ ।

 

 

यही जेठ १७ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले यसै वर्षदेखि लागू हुने गरी चिकित्सा शिक्षामा शुल्क वृद्धि गरेको छ । एम.बी.बी.एस.मा ३.६ प्रतिशत र बी.डी.एस.लगायतमा गरिएको शुल्क वृद्धिको हाम्रो सङ्गठन घोर निन्दा गर्दछ ।

 

 

 

सर्वसाधारण जनताको पहुँचभन्दा बाहिर रहेको चिकित्सा शिक्षा झनै महँगो बनाइनुले नेपाल सरकारको वास्तविक चरित्र थप उदाङ्गो भएको छ, जसकारण चिकित्सा शिक्षामा बढाइएको शुल्क तत्काल खारेजीका लागि जोडदार माग गर्दछौं ।

 

 

 

साथै, आम सर्वसाधारण जनताका छोराछोरीहरुले सहजरुपमा चिकित्सा शिक्षा पढ्न पाउने वातावरण तयार गर्नसमेत हार्दिक आग्रह गर्दछौं ।