एनसेलले ल्यायो अनलिमिटेड डेटा र आकर्षक अल नेट भ्वाइस प्याक

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ, जस अन्तर्गत एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्ने भएका छन् ।

 

 

 

उक्त प्याकहरु बिहीबार (जेठ १९) बाट सञ्चालनमा आएका छन् । ग्राहकका दैनिक डेटाको आवश्यकताको सहज रुपमा सम्बोधन गर्न यस अफर अन्तर्गत एक दिन समयावधि भएका तीन डेटा प्याकहरु रहेका छन् ।

 

 

 

आफ्नो आवश्यकता अनुसार ग्राहकले करसहित रु २९ देखि रु ४८ पर्ने आकर्षक डेटा प्याक सूचारु गर्न सक्नेछन् । जसका लागि एष्ट्रिक्स १७१२३ ह्यास डायल गरी ग्राहकले यो प्याक खरिद गर्न सक्नेछन् ।

 

 

 

डेटाका साथै, एनसेलले यस अफरमा भ्वाइस र एसएमएस सेवा बन्डल गरिएका एक दिन समय सीमा रहेका तीन प्याकहरु पनि ल्याएको छ ।

 

 

 

उक्त प्याक लिने ग्राहकले नेपालका अन्य कुनै पनि मोबाइल नेटवर्कका अझै सुलभ दरमा फोन गर्न र एसएमएस पठाउँन सक्ने भएका छन् ।

 

 

 

एनसेलका प्रिपेड ग्राहकले आफ्नो दैनिक भ्वाइस र एसएमएस सेवाको आवश्यकता अनुसार प्याक सूचारु गर्न सक्नेछन् ।

 

 

उनीहरुले करसहित रु १२मा ३० मिनेट टक टाइम र ३० वटा एसएमएस बन्डल भएको प्याक, रु १४ मा १०० मिनेट टक टाइम र १०० एसएमएस वा रु २९ मा २९० मिनेट टक टाइम र २९० वटा नै एसएमएस भएको बन्डल प्याक लिन सक्नेछन् ।

 

 

 

उक्त अल नेट प्याकहरु एष्ट्रिक्स १७१११८ ह्यास डायल गरि सहजै लिन सकिने कम्पनीले जनाएको छ ।

 

 

 

यस मनसुन धमाका अफर अन्तर्गतका डेटा प्याकहरु र अल नेट भ्वाइस र एसएमएस बन्डल प्याकहरु ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल वालेटहरु जस्तै ई–सेवा, खल्ती र आइएमई पेबाट पनि सूचारु गर्न सक्नेछन् ।