विप्लव नेकपाले भोलि नेपालस्थित एमसीसी कार्यलय घेर्ने

काठमाडौं । विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ ९क्रान्तिकारी०ले आइतबार दिउँसो १ बजे दरबारमार्गमा रहेको एमसीसीको नेपाल कार्यालय घेराउ गर्ने भएको छ।

 

शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपाका केन्द्रीय सदस्य चिरण पुनले नेपालमा एमसीसी सम्झौता भएकोप्रति लक्षित गर्दै कतै देशले अब युक्रेनको हालत भोग्नुपर्ने त होइन ?भन्ने प्रश्न गर्नुभयो ।

 

 

 

उहाँले भन्नुभयो,‘हाम्रो देशमा एमसीसी भित्रिसकेपछि अमेरिकी सेनाका जर्नल नेपाल भ्रमणमा छन्, कतै देश अमेरिकाबाट युक्रेन त हुने होइन ? आज यो खतरा पैदा भएको छ ।

 

 

आफूहरू राज्यसँग तीन बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको स्मरण गराउँदै पुनले अहिले पनि सहमति पालनामा सरकार उदासीन देखिएको गुनासो पोख्नुभयो ।

 

 

उहाँले भन्नुभयो,‘राज्यले अझै पनि हाम्रा जेलमा रहेका साथीहरूलाई रिहाइ गरेको छैन, कतै अझै पनि राज्यले युद्ध त चाहेको छैन, यदि यस्तै चाहेको हो भने हामी त्यो बाटो अपनाउन पनि तयार छौँ ।

 

 

 

सङ्गठनको केन्द्रीय समितिले आगामी असारभित्र क्रान्तिकारी ध्रुवीकरण कार्यक्रमलाई तीव्रता दिने घोषणा गरेको छ । सोही कार्यक्रम अन्तर्गत आज मात्रै माओवादी तथा मजदुर आन्दोलनमै रहेका विभिन्न ५७ जना व्यक्तिहरू सो समितिमा प्रवेश गरेका छन् ।