पहिलो पाँच वर्षमा बटुलेको अनुभव र अधुरा काम यो पाँच बर्षमा पुरा गर्छु: अध्यक्ष गोविन्द बहादुर मल्ल

काठमाडौं। बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको अध्यक्षमा दोहोरिएका गोविन्दबहादुर मल्ल पाँच वर्षमा बटुलेका अनुभवको आधारमा दोस्रो कार्यकाल सहज हुने बताएका छन्।

 

 

स्थानीय सरकारको नयाँ अभ्यासका कारण पहिलो कार्यकालमा केही काम गर्दै र सिक्दैमा बित्यो अब दोस्रो कालमा राम्रो काम गर्ने उनले बताए।

 

 

 

‘पाँच वर्षमा सिकेका सकारात्मक कुरालाई आत्मसाथ गर्दै अघि बढ्छु, काम गर्ने क्रममा भोगेका केही समस्याको हल गर्दै यो कार्यकाल जनताको सफल बनाउने मल्लले बताए।

 

 

 

उनले भने अघिल्लो कार्यकालमा कर्मचारी अभाव, जनप्रतिनिधिबीचको समन्वयको अभावजस्ता समस्या हलहरू अहिले समधान गर्ने छु।

 

 

 

पुराना अनुभवको उपयोग र नयाँ सिकाइका माध्यमबाट समृद्ध हिमाली गाउँपालिकाको आकांक्षा पूरा गर्न प्रतिबद्ध छु।

 

 

 

अघिल्लो कार्यकालमा अधुरा रहेका केही कामहरू छन्,अब अधुरा सबै काम यो कार्यकालमा सम्पन्न गर्ने प्रतिबद्धता गर्छु मल्लले भने।