चार जना मृत अवस्थामा फेला

सांकेतिक तस्वीर

काठमाडौं। भक्तपुर, पर्सा, रुपन्देही र नुवाकोटमा चार जना मृत अवस्थामा फेला परेका छन्।

 

 

भक्तपुरको मध्यपुरथिमी नगरपालिका–८ बोडेस्थित निर्माणाधिन टहरामा सोही ठाउँ बस्ने ५१ वर्षीय कल्याण साहु आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

 

 

पर्साको जगरनाथपुर गाउँपालिका–६ स्थित औराहा नारा खोल्सीमा बहुदरमाई नगरपालिका–२ सिसिया बैरिया बस्ने ४० वर्षीय राजेश राम शनिबार मृत अवस्थामा फेला परेका छन्।

 

 

 

रूपन्देहीको बुटवल उपमहानगरपालिका–४ स्वर्गद्वारीपथ डेरा गरी बस्ने कास्की घर भएका ४१ वर्षीय आइते दमाई आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन्।

 

 

नुवाकोटको ककनी गाउँपालिका–१ सिमटार बस्ने ६० वर्षीय काले कामी सोही ठाउँस्थित कोही नबस्ने कच्ची घरमा आइतबार मृत अवस्थामा फेला परेका छन्।

 

 

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।