एसपीपी सम्झौताले देशको राष्ट्रियता र सार्वभौमिकतामा खतरा: सांसद दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एसपीपी सम्झौतालाई अस्वीकार गर्नुपर्ने बताउनुभएको छ ।

 

 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पौडेलले एसपीपी सम्झौताले देशको राष्ट्रियता र सार्वभौमिकतामा खतरा उत्पन्न गर्ने भन्दै यसलाई अस्वीकार गर्नुपर्ने बताउनुभएको हो ।

 

 

 

उहाँले अमेरिकी दुतावासले एसपीपी सम्झौता पहिले नै भइसकेको भनेर विज्ञप्ती निकालेको र नेपाली सेनाले सो विज्ञप्तीको खण्डन गरेको उल्लेख गर्दै उहाँले यस सम्बन्धमा प्रधानमन्त्रीले आधिकारिक कुरा स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

 

 

 

उहाँले एसपीपी इण्डोप्यासिफिक रणनीतिको अंग भएकाले त्यसमा नेपाल गएमा अमेरिका र चिनको द्वन्दमा नेपाल फस्ने बताउनुभयो ।

 

 

उहाँले एसपीपी सम्झौता गरिए नेपाल युक्रेनको स्थितिमा पुग्ने बताउनुभयो ।