देशभर थप १४ जनामा कोरोना संक्रमण, १०४ जना सक्रिय संक्रमित

काठमाडौं ।देशभर पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ५९० पीसीआर परीक्षणमा ११ जना र ९४४ एन्टिजेन परीक्षणमा ३ जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ११ जना डिस्चार्ज भएका छन् ।

 

 

 

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १०४ रहेको छ ।

 

 

 

पछिल्लो २४ घण्टामा ६५ हजार २७८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।