हिमाली गाउँपालिकामा विभिन्न विभाग गठन: आर्थिक विभाग प्रमुखमा तपेन्द्र कुमार शाही

काठमाडौं।हिमाली गाउँपालिकाको नवनिर्वाचित कार्यपालिकाकाे पहिलो बैठक असार ५ गते गाउँ कार्यपालिका धुलाचौरमा सम्पन्न भएको छ ।

 

आइतबार बसेको पालिकाको पहिलाे बैठकले विभिन्न समिति बनाइ जिम्मेवारी दिइएको छ ।

 

 

त्यसै अर्न्तर्गत आइतबार बसेको पालिकाको पहिलो बैठकले वडा नम्बर ७ का वडा अध्यक्ष समेत रहेका तपेन्द्र कुमार शाहीलाई आर्थिक बिभागको जिम्मेवारी दिइएको छ ।

 

 

 

विभिन्न बिभागका समितिमा जिम्मेवारी पाउनुहुने राजस्व परामर्श विभाग समिति हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की, आर्थिक विकास विभाग समिति वडा न.७ का वडा अध्यक्ष तपेन्द्र कुमार शाही, वातावरण तथा विपद् व्यवस्थापन विभाग समितिमा वडा न. ५ का वडा अध्यक्ष प्रदिप बुढथापा, संस्थागत विकास तथा सुशासन विभाग समिति वडा न. ३ का वडा अध्यक्ष मंगल बुढा, सामाजिक विकास विभाग समिति वडा न.१ का अध्यक्ष जोख बहादुर भण्डारी, पुर्वाधार विकास विभाग समिति वडा न. ४ का वडा अध्यक्ष भिमानन्द पाण्डे र विधेयक विभाग समिति वडा न.५ का वडा अध्यक्ष प्रदिप बुढथापा रहेका छन् ।

 

 

 

त्यसै गरि पालिकाको पहिलो बैठकबाट शिक्षा, स्वास्थ्य, खानेपानी र बत्तीमा विशेष पहल गर्ने प्रवक्ता भीमानन्द पाण्डेले बताएका छन् ।