जनप्रकाश विव्यस अध्यक्षमा नन्दराम विष्ट सर्वसम्मत चयन

बाजुरा। जनप्रकाश उमावि कोल्टीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नन्दराम विष्ट निर्विरोध चयन हुनुभएको छ ।

 

 

 

असार १ गते देखि ३ गतेसम्म बसेकाे अभिभावक भेलाबाट विष्ट सर्बसम्मत रूपले अध्यक्षमा चयन हुनुभएको हो ।

 

 

बाजुरा प्रदेश ‘क’ कुण्डा क्षेत्रको पुरानो विद्यालयका साथै क्याम्पस सञ्चालन भइरहेको विद्यालयको अध्यक्षमा कस्तो व्यक्ति आउने हो भन्ने कुरा सधैं नै कुण्डाबासीको चासोको विषय रहदै आएको छ ।

 

 

 

बाजुरा जिल्लाकै प्रतिष्ठित र नाम कमाएको विद्यालयले योग्य र क्षमतावान विद्यार्थी उत्पादन गर्दै आएको छ । बाजुराको शिक्षा क्षेत्रमा जनप्रकाशको छुट्टै गरिमा रहदै आएको छ ।

 

 

 

पछिल्लो समय विद्यालयले आफ्नो गरिमा बचाउन सकिरहेको छैन? योग्य शिक्षक हुँदाहुँदै पनि गुणस्तर खस्कदै गएको छ ? भन्ने चिन्ता आम कुण्डा बासिको रहदै आएको छ।

 

 

 

 

भन्ने प्रश्नमा ‘समय र समाज सुहाउँदो आवश्यकता अनुसार गुणस्तरिय शिक्षा प्रदान गर्न आफू भरपूर लागिपर्ने, जिल्लाकै नमूना विद्यालय बनाउँने नवनिर्वाचित अध्यक्ष विष्टले बताउँनुभएको छ ।

 

 

 

 

कुण्डा बासी अभिभावक र शिक्षक सबैको साथ सहयोगले निर्विरोध अध्यक्ष बनेको बताउँदै बिष्टले विद्यालय शिक्षाको गुणस्तर, भौतिक विकासको सवालमा सम्पूर्ण अभिभावक र शिक्षकको सरसल्लाह अनुसार आफू अगाडि बढ्ने बताउनु भएको छ ।