आँखाबाट आँसु झार्दै रामकुमारी झाँक्रीले दिइन् राजीनामा

काठमाडौं । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सहरी विकास मन्त्री रामकुमारी झाक्रीले राजीनामा दिएकी छन्।

 

 

पदबाट बहिर्गमन हुन नचाहेपनि पार्टी (नेकपा एकीकृत समाजवादी) ले मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि उनी राजीनामा दिन बाध्य भएकी हुन्।

 

 

 

बिदाइ कार्यक्रममा मन्त्री झाँक्री भावुक पनि बनिन् । उनी कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको कामको फेहरिस्ता सुनाउँदा आँखामा आँसु छचल्किएको थियो ।